Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौंको ताम्राकार हाउसमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौंको ताम्राकार हाउसमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा अवस्थित ताम्राकार हाउसको छैटौँ तलामा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

    शाओमीका प्रयोगकर्ताहरूलाई थप सहज, सुलभ र भरपर्दो सेवा तथा सुविधाहरू उपलब्ध गराउने विशेष उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर स्थापना गरिएको हो। यो नयाँ केन्द्र सञ्चालनमा आएसँगै अब शाओमी प्रयोगकर्ताका लागि भरोसाको एउटा नयाँ ठेगाना थपिएको छ।

    यस नयाँ सर्भिस सेन्टरमार्फत ग्राहकहरूले शाओमी ब्रान्डका स्मार्टफोनहरू, स्मार्टवाच र फिटनेस ब्यान्ड जस्ता वेअरएबल्स, इयरफोन तथा हेडफोन जस्ता हियरएबल्स र विभिन्न आइओटी उपकरणहरूको मर्मत, सेवा तथा आवश्यक प्राविधिक सहयोग प्राप्त गर्न सक्नेछन्।

    ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै यस सेन्टरले शाओमीका वास्तविक अर्थात् जेनुइन स्पेयर पार्ट्सहरू मात्र प्रयोग गर्ने र उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

    शारदा ग्रुपअन्तर्गतको स्थापित कम्पनी वत्सल ईम्पेक्स प्रा.लि.ले यस सर्भिस सेन्टरको सञ्चालन र व्यवस्थापन गर्नेछ। वत्सल ईम्पेक्सले लामो समयदेखि शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकहरूलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आइरहेको छ।

    सर्भिस सेन्टर उद्घाटनको विशेष अवसर पारेर कम्पनीले आफ्ना आदरणीय ग्राहकहरूका लागि छिट्टै नै आकर्षक छुट योजनाको घोषणा गर्ने तयारी समेत गरेको छ।

    यस छुट सम्बन्धी थप विवरणका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन वा सिधै सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

    उद्घाटन कार्यक्रममा बोल्दै वत्सल इम्पेक्सका डाइरेक्टरद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले काठमाडौँको मुख्य व्यापारिक केन्द्रमा शाओमीको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकहरूलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा एउटा महत्वपूर्ण कदम भएको बताए।

    यस केन्द्रमा अत्याधुनिक उपकरणसहितका दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि लिएर जटिल प्रकृतिका प्राविधिक समस्याहरू समेत आधिकारिक मापदण्डअनुसार समाधान गर्नेछन्।

    शाओमी प्रयोगकर्ताहरूले आफ्ना ग्याजेटहरूमा समस्या आएमा तत्काल गुणस्तरीय सेवा र उचित सल्लाहका लागि ताम्राकार हाउसमा रहेको यसै नयाँ केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार