Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दैनिक ५२० रुपैयाँ 'ईएमआई'मा एमजी कमेट ईभी खरिद गर्न सकिने

दैनिक ५२० रुपैयाँ 'ईएमआई'मा एमजी कमेट ईभी खरिद गर्न सकिने

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ.अटोमोबाइल्सले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी खरिदलाई थप सहज बनाउने उद्देश्यले नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब एमजी कमेट ईभी दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा आफ्नै बनाउन सकिनेछ । यो रकम दैनिक ट्याक्सी बुकिङ वा व्यक्तिगत चालक राख्ने खर्चभन्दा पनि कम पर्ने कम्पनीको दाबी छ ।

    जी.ओ.अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले विद्युतीय सवारीसाधन खरिदलाई ठूलो आर्थिक निर्णयका रूपमा होइन, सहज जीवनशैलीको स्वाभाविक रोजाइका रूपमा स्थापित गर्ने उद्देश्यले यो योजना ल्याइएको बताएका छन् । उनले भने, “विद्युतीय सवारी खरिद गर्नु ठूलो आर्थिक बोझ जस्तो महसुस हुनु हुँदैन । एमजी कमेट ईभी अब दैनिक ५२० रुपैयाँको किस्तामा उपलब्ध भएपछि ग्राहकको सबैभन्दा ठूलो अन्योल हट्नेछ । नेपालका साँघुरा सडक, शहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यो गाडी तयार गरिएको हो । यसले शैली र आराममा कुनै सम्झौता नगरी स्मार्ट र दिगो यात्राको अनुभव प्रदान गर्छ ।”

    शुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध एमजी कमेट ईभी विशेषगरी शहरी सडकलाई लक्षित गरी डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जना समम सहज रूपमा यात्रा गर्न मिल्ने यसको केबिन दैनिक आवतजावत तथा शहरभित्रका नियमित यात्राका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

    एमजीको अत्याधुनिक विद्युतीय प्लेटफर्ममा आधारित यस गाडीमा १७.३ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा एआरएआई (ARAI) प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ, जुन दैनिक आवतजावत, व्यक्तिगत कामकाज तथा सप्ताहान्तको शहरी यात्राका लागि पर्याप्त मानिन्छ ।

    नेपालका शहरहरूमा बढ्दो सवारी चाप र इन्धनको बढ्दो मूल्यबीच एमजी कमेट ईभीको मुख्य विशेषता यसको कम्प्याक्ट आकार र किफायती सञ्चालन खर्च रहेको कम्पनीको दाबी छ । दैनिक ५२० रुपैयाँ वा मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा उपलब्ध हुने यो गाडी साँघुरा सडकका लागि उपयुक्त हुनुका साथै दैनिक ट्याक्सी प्रयोग गर्नुभन्दा पनि सस्तो विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ ।

    जी.ओ.अटोमोबाइल्सका अनुसार नयाँ दैनिक ईएमआई योजना मार्फत नेपालमा विद्युतीय सवारी खरिदको आर्थिक अवरोध घटाउँदै ग्राहकलाई मासिक बजेटमा सहज रूपमा विद्युतीय सवारी अपनाउने अवसर प्रदान गरिएको छ ।

    जी.ओ.अटोमोबाइल्स 

    सन् १९३० मा स्थापित प्रतिष्ठित गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रालि नेपालका अग्रणी अटोमोबाइल आयातकर्ता तथा वितरकमध्ये एक हो । कम्पनीले विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्डहरूको आधिकारिक प्रतिनिधित्व गर्दै नेपाली ग्राहकलाई गुणस्तरीय, आधुनिक तथा दिगो यातायात समाधान उपलब्ध गराउँदै आएको छ । देशव्यापी बिक्री तथा सेवा सञ्जाल, अनुभवी जनशक्ति र ग्राहक केन्द्रित सेवा मार्फत कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो सशक्त उपस्थिति कायम गरेको छ ।

    जेएस डब्लू एमजी मोटर इन्डिया 

    विश्वका अग्रणी अटोमोबाइल कम्पनी एसएआईसी मोटर र भारतको अग्रणी औद्योगिक समूह जेएसडब्लू ग्रुपको संयुक्त लगानीमा सन् २०२३ मा जेएसडब्लू एमजी मोटर इन्डिया प्रा.लि. स्थापना भएको हो । कम्पनीले अत्याधुनिक प्रविधियुक्त, सुरक्षित तथा दिगो सवारी साधन मार्फत स्मार्ट मोबिलिटीलाई प्रवद्र्धन गर्दै ग्राहकलाई नवीनतम अटोमोबाइल समाधान उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै स्थानीय उत्पादन, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जना मार्फत अटोमोबाइल उद्योगको विकासमा योगदान पु¥याउँदै आएको छ ।

    मोरिस ग्यारेज 

    मोरिस ग्यारेज (एमजी) सन् १९२४ मा बेलायतमा स्थापना भएको विश्वप्रसिद्ध अटोमोबाइल ब्रान्ड हो । स्पोट्र्स कार निर्माणबाट परिचित एमजी आज आधुनिक, नवीन तथा विद्युतीय सवारीसाधनका क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ । CASE -Connected, Autonomous, Shared and Electric_ मोबिलिटीको अवधारणालाई आत्मसात गर्दै कम्पनीले अत्याधुनिक प्रविधियुक्त सवारीसाधन विकास र उत्पादन गर्दै आएको छ । भारतमा एमजीले हेक्टर, जेडएस ईभी, ग्लोस्टर, एस्टर, कमेट र विन्डसर लगायतका सवारीसाधन मार्फत आधुनिक प्रविधि र स्मार्ट मोबिलिटीलाई नयाँ उचाइमा पु¥याएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार