Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको 'बी-०३' सार्वजनिक हुने

नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको 'बी-०३' सार्वजनिक हुने

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा लिपमोटरको B03 इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने भएको छ। नेपालका लागि लिपमोटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी सांग्रिला मोटर्सका अनुसार उक्त शोमा B03 इलेक्ट्रिक एसयूभीलाई सार्वजनिक हुनेछ।

    चिनियाँ बजारमा A10 र नेपाललगायत अन्तर्राष्ट्रिय बजारमा चिनिने लिपमोटर B03 इलेक्ट्रिक एसयूभीलाई दैनिक उपयोगिता र आधुनिक इलेक्ट्रिक कार्यक्षमताको उत्कृष्ट संयोजन गर्ने गरी डिजाइन गरिएको छ। पहिलो पटक ग्वाङ्झाउ अटो शोमा सार्वजनिक गरिएको यो गाडी नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित छ, जसमा १०० किलोवाट पिक मोटरद्वारा सञ्चालित फ्रन्ट–ह्विल–ड्राइभ प्रणाली रहेको छ, जसले २०० एनएम टर्क उत्पादन गर्छ।

    यस गाडीमा १८ इन्चको एलोय ह्विल, १४.६ इन्चको २.५K एचडी टचस्क्रिन, लेभल–२ एडास (ADAS) ड्राइभर असिस्टेन्स तथा ५१० लिटरको फराकिलो बुट स्पेसजस्ता प्रिमियम सुविधाहरू रहेका छन्।

    नेपालका लागि लिपमोटर गाडीको आधिकारिक तथा एकमात्र आयातकर्ता सांग्रिला मोटर्सले पहिलो लिपमोटर B03 चीनबाट आधिकारिक रूपमा प्रस्थान गरिसकेको र नेपालतर्फ आउने क्रममा रहेको जानकारी दिएको छ। यो मोडल दुईवटा भेरियन्टमा उपलब्ध हुने अपेक्षा गरिएको छ, जसमा फरक–फरक ब्याट्री क्षमता र सुविधाहरूमा केही भिन्नता हुनेछ।

    B03 को चिनियाँ संस्करण A10 ले चीनमा अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको छ। जसका कारण यस वर्षको जुन महिनामा मात्र ब्रान्डको बिक्री संख्या कीर्तिमानी ४३ हजार ३७६ युनिट पुगेको छ। यो गाडी नेपालको किफायती एसयूभी क्षेत्रमा पनि एक बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

    लिपमोटर स्टेलान्टिस संयुक्त उद्यमद्वारा समर्थित विश्वप्रसिद्ध ईभी ब्रान्ड हो, जसअन्तर्गत मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्ड रहेका छन्। चीनको अग्रणी ईभी स्टार्टअपका रूपमा बलियो बजार हिस्सा ओगट्न सफल लिपमोटरको सफलता यसका १५ लाखभन्दा बढी विश्वव्यापी बिक्री भएका गाडीहरूले प्रमाणित गर्छ। विश्वका ४० भन्दा बढी देशमा फैलिएका १,७०० भन्दा बढी बिक्री तथा सर्भिस सेन्टरहरूको सञ्जालका कारण लिपमोटरका ग्राहकहरूले सधैं ढुक्क भएर यात्रा गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार