Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

माइतीघरमा गोलभेंडा फालेर कृषक आन्दोलनमा, अंकित मूल्य तोक्न माग

माइतीघरमा गोलभेंडा फालेर कृषक आन्दोलनमा, अंकित मूल्य तोक्न माग

आर्थिक पत्र
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । गोलभेंडा किसानहरूले आफ्नो मेहनत र पसिनाले मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर आन्दोलनमा उत्रिएका छन्।

    images

    आन्दोलित कृषकहरूले गोलभेंडाले उचित बजार र मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेंडा फालेर विरोध प्रदर्शन गर्दै गोलभेंडाको अंकित मूल्य तोक्न माग गरेका छन्। किसानको मेहेनत, श्रम र पसिनाको कदर नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

    उनीहरूले किसानले एकदमै न्यून भाउमा गोलभेंडा बेच्न बाध्य भएको र उपभोक्ताले भने चर्काे मूल्य तिरेर गोलभेंडा खरीद गर्न परेको भन्दै बिचौलिाको अन्त्य गर्न पनि माग गरेका छन्। साथै विदेशबार तरकारी आयात रोक्न र कृषि बीमा लागू गर्न पनि पनि माग गरेका छन्।

    कृषकहरूले ‘पसिनाको मूल्य देऊ’, ‘बिचौलियाको अन्त्य गर’, ‘बाहिरी तरकारी आयातमा प्रतिबन्ध गर’, ‘कृषि बीमा लागू गर’, ‘किसानलाई सही बजार व्यवस्थापन गर’ लेखिएको प्लेकार्डहरू बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले कृषिलाई आधुनिकीकरण गर्न पनि माग राखेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार