Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विश्वकपबाट फिफाको कीर्तिमानी आम्दानी, सदस्य राष्ट्रलाई थप सहयोगको अपेक्षा

विश्वकपबाट फिफाको कीर्तिमानी आम्दानी, सदस्य राष्ट्रलाई थप सहयोगको अपेक्षा

आर्थिक पत्र
सोमवार, श्रावण ४ २०८३
  • एजेन्सी । विश्वकप प्रतियोगिताबाट टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजार (सेकेन्डरी मार्केट) मा टिकट कारोबारबाट प्राप्त आम्दानी अपेक्षाभन्दा उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी, सेकेन्डरी बजारमा टिकट खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क उठाउने व्यवस्थाले आम्दानीमा ठूलो योगदान दिएको हो।

    यस कीर्तिमानी आर्थिक सफलतापछि विश्वभरका सदस्य फुटबल संघहरूले फिफाबाट थप आर्थिक सहयोग र अनुदान प्राप्त गर्ने अपेक्षा गरेका छन्। यद्यपि, उक्त रकम कुन आधारमा र कति वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय सार्वजनिक गरेको छैन।विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोका लागि भने यो आर्थिक उपलब्धिलाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। आगामी मार्चमा हुने फिफा अध्यक्ष पदको निर्वाचनअघि उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन सुनिश्चित गरिसकेको बताइएको छ।

    विश्वकपबाट प्राप्त ठूलो आम्दानीका कारण थप अनुदानको आशामा रहेका धेरै सदस्य फुटबल संघहरूले हालसम्म सार्वजनिक रूपमा फिफाप्रति असन्तुष्टि व्यक्त गरेका छैनन्।

    यता, विश्वकपको आर्थिक सफलताले भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको विश्लेषण गरिएको छ। सन् २०३८ को फिफा विश्वकप आयोजनाका लागि छिट्टै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ।

    यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका फेरि विश्वकप आयोजना गर्न इच्छुक रहेको बताएका छन्। एक सार्वजनिक कार्यक्रममा उनले अमेरिका पुनः विश्वकपको आयोजक बन्न चाहेको उल्लेख गर्दै यसपटक क्यानडा र मेक्सिकालाई सह–आयोजक नबनाउने आफ्नो धारणा व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार