Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एक महिनामा एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल खान्छन् नेपाली

एक महिनामा एक अर्ब ३३ करोडभन्दा बढीको फलफूल खान्छन् नेपाली

बुधवार, भाद्र २२ २०७९
  • काठमाडौं । नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ । 

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न देशबाट उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । सो अवधिमा विदेशबाट २ करोड ४६ लाख  ८६ हजार ५७७ केजी विभिन्न फलफूल नेपालले आयात गरेको छ । 

    गत साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपैयाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपैयाँको भुइकटहर, १ करोड १५ लाख २८ हजार रुपैयाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपैयाँको आँप र अम्बा नेपालले आयात गरेको छ । 

    सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपैयाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपैयाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपैयाँको मेवा, १० करोड २ लाख १ हजार रुपैयाँको अनार आयात गरेको छ । 

    गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको विभिन्न फलफूलहरु विदेशबाट आयात गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार