Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ नेपालमा, एकपटक चार्जमा १५८ किमिसम्म गुड्ने

टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ नेपालमा, एकपटक चार्जमा १५८ किमिसम्म गुड्ने

आर्थिक पत्र
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ‘टीभीएस अरबिटर’ सार्वजनिक गरेको छ । सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार स्कुटरमा ३.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ । यसमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, ३४ लिटर क्षमताको अन्डर–सिट बुट स्पेस तथा मोबाइल एपमार्फत कनेक्ट हुने सुविधा उपलब्ध छ । उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको दाबी गर्दै कम्पनीले यसले थप स्थिर, सहज र आरामदायी यात्रा अनुभव दिने जनाएको छ।

    टीभीएस अरबिटरमा कलर एलसीडी डिस्प्ले, इनकमिङ कल सूचना, टर्न–बाइ–टर्न नेभिगेसन, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, इको र पावर मोड, ओभर–द–एयर (ओटीए) अपडेट, जियोफेन्सिङ, लाइभ लोकेसन ट्र्याकिङ तथा चोरीसम्बन्धी अलर्टलगायतका स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

    स्कुटर सार्वजनिक गर्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अरबिटरको आगमनसँगै दिगो तथा स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धता अझ सुदृढ भएको बताए। आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक प्रयोगलाई ध्यानमा राखेर नयाँ पुस्ताका ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार