Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवागढी हाइड्रोपावरमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

रसुवागढी हाइड्रोपावरमा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

आर्थिक पत्र
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको छ।कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले व्यवस्थापन, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, ऊर्जा, वित्तीय संस्था, पूर्वाधार विकास वा व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा नेतृत्वदायी जिम्मेवारीसहितको पर्याप्त व्यावसायिक अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।सूचनाअनुसार आवेदन दिने उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म कम्तीमा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। नियुक्ति कार्यसम्पादनमा आधारित हुने र सेवा–सुविधा कम्पनीको नियमावली तथा आपसी सहमतिअनुसार निर्धारण गरिने जनाइएको छ।

    इच्छुक उम्मेदवारले आफ्नो विस्तृत व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा अन्य आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। साथै, कम्पनीको भावी व्यावसायिक योजना, रणनीति तथा व्यवस्थापन सुधारसम्बन्धी अवधारणापत्र (बिजनेस प्लान) समेत आवेदनसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ।कम्पनीले आवेदन कम्पनीको कार्यालयमा प्रत्यक्ष वा तोकिएको इमेलमार्फत बुझाउन सकिने जनाएको छ। आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ।रसुवागढी हाइड्रोपावर कम्पनीले योग्यता, अनुभव र प्रस्तुत कार्ययोजनाका आधारमा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार