Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, जर्सीमा देखियो लोगो

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, जर्सीमा देखियो लोगो

आर्थिक पत्र
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं। विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड ‘माइडिया’ र स्पेनिस फुटबल क्लब एफसी बार्सिलोनाबीच पाँच वर्षे रणनीतिक साझेदारी सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यो सम्झौतासँगै माइडिया एफसी बार्सिलोनाको ‘मेन पार्टनर’ तथा ‘अफिसियल होम एप्लायन्स पार्टनर’ बनेको हो

    सन् २०३०/३१ सिजनसम्म कायम रहने यो साझेदारीसँगै बार्सिलोनाको पुरुष पहिलो टोलीले खेल्ने खेल तथा प्रशिक्षणका क्रममा प्रयोग गर्ने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावेश गरिएको छ। क्लबले आगामी सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा पहिलोपटक यो लोगो प्रस्तुत गरिएको हो

    यो सम्झौता जर्सीको प्रायोजनमा मात्र सीमित नरही आगामी दिनमा संयुक्त सामग्री निर्माण, समर्थक सहभागिता (Fan Engagement) तथा विभिन्न बजार अनुकूल गतिविधिहरूमार्फत विश्वभरका समर्थकसम्म पुग्ने लक्ष्य राखिएको छ

    बार्सिलोनाका प्रथम उपाध्यक्ष राफाएल युस्ते र माइडिया इन्टरनेसनल बिजनेसका अध्यक्ष लुइस फुले यो सहकार्यले दुवै संस्थालाई नवप्रवर्तन र प्रविधिको क्षेत्रमा नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्

    नेपालमा माइडियाका उत्पादनहरू चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले बिक्री-वितरण गर्दै आएको छ। बार्सिलोनाजस्तो प्रतिष्ठित क्लबसँगको यो विश्वव्यापी साझेदारीले नेपाली उपभोक्ता तथा बार्सिलोनाका समर्थकमाझ माइडिया ब्रान्डको पहिचानलाई अझ सुदृढ र स्थापित बनाउने अपेक्षा गरिएको छ

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार