Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा १५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

    यस्तै बन्दा (तराई) २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

    त्यसैगरी टाटे सिमी ९० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ४० रुपैयाँ, घिरौला ३० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ५० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    साग १५० रुपैयाँ, पालुङ्गो साग २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्या च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पास्र्ले ४०० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार