Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्दो महँगी: चामल र खानेतेलको मूल्यले छोयो नयाँ उचाइ

बढ्दो महँगी: चामल र खानेतेलको मूल्यले छोयो नयाँ उचाइ

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।नेपाल खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म बढेको छ ।स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८० रुपैयाँबाट १०० रुपैयाँ, पोखरेली चामल ९५ रुपैयाँबाट १२० रुपैयाँ र लङ्ग्रेन बासमती चामल १७५ रुपैयाँबाट १९० रुपैयाँ पुगेको छ ।

    उद्योगीहरूले नेपाल चामल आयातमा निर्भर भएकाले भारतको निर्यात नीति, उत्पादनमा कमी र धानको समर्थन मूल्य वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको बताएका छन् ।साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार प्रतिबोरा सोना मन्सुली चामलको मूल्य १ हजार ३५० रुपैयाँबाट बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ । त्यस्तै, २० केजी लङ्ग्रेन बासमती चामलको मूल्य ३ हजार ५०० रुपैयाँ पुगेको छ ।२५ केजी जिरा मसिनो चामलको मूल्य पनि १ हजार ८०० रुपैयाँबाट बढेर २ हजार ३३० रुपैयाँ पुगेको छ ।यस्तै, खानेतेलको मूल्य पनि प्रतिलिटर ३० रुपैयाँले बढेको छ । संघका अनुसार असार १ गते प्रतिलिटर ३५० रुपैयाँ रहेको काँचो तोरीको तेल साउन १ गतेदेखि बढेर ३८० रुपैयाँ र भुटेको तोरीको तेल ४३० रुपैयाँबाट ४६० रुपैयाँ प्रतिलिटर पुगेको छ ।भटमास र सूर्यमुखी तेलको खुद्रा मूल्य पनि प्रतिलिटर २९० रुपैयाँसम्म पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार