Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीको ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाईडीको ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक

आर्थिक पत्र
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मार्फत ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ

    भृकुटीमण्डपमा जारी एक्स्पोमा कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ का नयाँ मोडलहरू प्रदर्शन गर्दै प्रविधि, डिजाइन र सुविधामा व्यापक सुधार गरिएको जनाएको छ

    एट्टो १: थप प्रविधि र सुरक्षित फिचर

    बीवाईडी एट्टो १ का डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ। यसले पार्किङ तथा साँघुरो सडकमा गाडी चलाउन सहज बनाउनेछ। साथै, प्रिमियम भेरियन्टमा अटो-फोल्ड ओआरभीएमको सुविधा पनि राखिएको छ

    मूल्यतर्फ, नयाँ एट्टो १ डाइनामिकको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ

    एट्टो २: नयाँ ‘एसेन्सियल’ भेरियन्ट

    एट्टो २ सिरिजमा ग्राहकका लागि थप किफायती मानिएको नयाँ ‘एसेन्सियल’ भेरियन्ट प्रस्तुत गरिएको छ। यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री छ, जसले डब्लूएलटीपी  अनुसार एकपटकको फुल चार्जमा ३१२ किलोमिटर रेन्ज दिन्छ

    यसअघि नै उपलब्ध ५१.१३ किलोवाट आवर ब्याट्री र ३४५ किलोमिटर रेन्ज भएको एट्टो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेकोमा नयाँ एसेन्सियल भेरियन्टको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ

    २०२६ एट्टो ३: डिजाइनदेखि प्रविधिसम्म नयाँ अवतार

    नेपालको लोकप्रिय एसयूभीका रूपमा रहेको एट्टो ३ लाई ‘डाइनामिक ड्रागन फेस डिजाइन’सहित थप आधुनिक रूप दिइएको छ। यसको भित्री क्याबिनमा सफ्ट-टच सतह बढाइनुका साथै कोलम-सिफ्टर गियर सेलेक्टर, ५० वाटको अल्ट्रा-फास्ट वायरलेस चार्जर र ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर राखिएको छ

    साथै, भेन्टिलेटेड सिट र डिराक एचडी साउन्डसहितको ८-स्पिकर सिस्टम राखिएको नयाँ एट्टो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ

    एक्स्पोमा विशेष छुट र अफरहरू

    साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा एक्स्पोमा बीवाईडीका गाडी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा (अटो प्लस), १ वर्षको सडक दस्तुर, १ वर्षको निःशुल्क इन्फोटेनमेन्ट एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी र निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ

    एक्स्पोको हल ‘ए’ स्थित स्टल ए५ मा यी नयाँ मोडलहरूको अवलोकन गर्न सकिनेछ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार