Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजकाे विदेशी मुद्रा विनिमय दर सार्वजनिक

आजकाे विदेशी मुद्रा विनिमय दर सार्वजनिक

बिहिवार, भाद्र २३ २०७९
  • काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । 

    अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि आज घटेको छ । यसअघि अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा रहेकोमा बिहीबार घटेर एकको खरिद मूल्य ८५ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ १८ पैसा  कायम एको छ । 

    यसअघि क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा रहेकोमा घटेर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसामा झरेको छ । 

    यता जापानी येनमा पनि गिरावट आएको छ । बुधबार जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा रहेकोमा बिहीबार खरिद मूल्य ८ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३७ पैसा रहेको छ । 

    साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि सामान्य बढेको छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०५ पैसा रहेको छ । 

    यसअघि भने साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको थियो 

    यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ६१ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ९४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार