Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्तो छ आज फलफूल र तरकारी मूल्य

यस्तो छ आज फलफूल र तरकारी मूल्य

बिहिवार, भाद्र २३ २०७९
  • काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ रहेको जनाएको छ । 

    सेतो आलु ५१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, लोकल काक्रो र रायोको साग ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ५०० रुपैयाँ, अकबरे खुर्सानी ९० रुपैयाँ र सुकेको खुर्सानी ४३० रुपैयाँ रहेको छ । 

    लोकल गाजरको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँ ४० पैसा, लोकल गोलभेडा ३७ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ५५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, जिरीको साग ११० रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा र टाटे सिमी १०५ रुपैयाँ रहेको छ । 

    त्यस्तै, हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५८ रुपैयाँ ३३ पैसा, छडी माछा २३५ रुपैयाँ, बचुवा र मुंगरी माछा २४५ रुपैयाँ, रहु माछा ३०५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ५५ रुपैयाँ, तोफु १०५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, तने बोडी, परवर र निबुवा ६५ रुपैयाँ, निउरो १०६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा  र रायोको साग ७५ रुपैयाँ रहेको छ । 

    लप्सीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसनु २३६ रुपैयाँ, सुकेको नेपाली लसुन १५६ रुपैयाँ ६७ पैसा, हरियो लसुन १४० रुपैयाँ, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ, हरियो धनिया ४७५ रुपैयाँ रुपैयाँ र डल्लो फर्सी ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार