Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

१९८ देशमा एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको पल्स दर लागू

१९८ देशमा एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको पल्स दर लागू

आर्थिक पत्र
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । एनसेलले १९८ वटा गन्तव्य मुलुकमा गरिने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको छ। नयाँ दर मंगलबार भदौ २ गतेदेखि लागू भएको हो।

    नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिपछि एनसेलले अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले नयाँ पल्स दरका लागि स्वीकृति दिएको कम्पनीले जनाएको छ।

    नयाँ पल्स दर अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, भारत, जापान, दक्षिण कोरिया, बेलायत, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया, मलेसिया, सिंगापुर, थाइल्यान्ड, जर्मनी, फ्रान्स, इटाली, रुस, पाकिस्तान, न्युजिल्यान्ड लगायत १९८ गन्तव्यमा लागू भएको छ।

    यससँगै ती मुलुकमा एनसेलको मोबाइल नम्बरबाट गरिने अन्तर्राष्ट्रिय कलको शुल्क गणना नयाँ ६० सेकेन्डको पल्स दरअनुसार हुनेछ।

    कम्पनीका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क एनसेलको वेबसाइटमा उपलब्ध गराइएको छ।

    नयाँ व्यवस्थाले विदेशमा रहेका परिवार, आफन्त तथा व्यावसायिक सम्पर्कमा नियमित अन्तर्राष्ट्रिय कल गर्ने एनसेल प्रयोगकर्ताको कल शुल्क गणनालाई प्रत्यक्ष प्रभाव पार्नेछ। त्यसैले सम्बन्धित गन्तव्यअनुसारको नयाँ शुल्क हेरेर कल गर्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार