काठमाडौं। डोङफेङ नामीको नयाँ विद्युतीय ‘फुल एसयूभी’ गाडी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले ललितपुरको पुल्चोकस्थित द प्लाजामा एक विशेष कार्यक्रमको आयोजना गर्दै यो गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो।
कम्पनीले यस नयाँ विद्युतीय एसयूभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। दैनिक सहरी प्रयोगदेखि लिएर लामो दूरी तथा नेपालका चुनौतीपूर्ण भौगोलिक र उकालो-ओरालो सडकहरूमा समेत सहज रूपमा यात्रा गर्न सकिने गरी यो गाडी डिजाइन गरिएको छ।
यस गाडीमा ९५ किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर र ५२.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीले एकपटक फुल चार्ज गरेपछि ४३० किलोमिटरसम्मको लामो रेन्ज प्रदान गर्छ। यसका साथै, छिटो चार्ज गर्न मिल्ने थ्री-सी फास्ट चार्जिङ प्रविधि पनि यसमा उपलब्ध गराइएको छ।
सार्वजनिक कार्यक्रममा कम्पनीले यस गाडीको बुकिङ समेत खुला गरिएको जनाएको छ। आधुनिक डिजाइन, आरामदायी भित्री हिस्सा र सुरक्षाका अत्याधुनिक सुविधाहरूले सुसज्जित यो गाडी नेपाली विद्युतीय सवारीसाधन पारखीहरूका लागि उत्कृष्ट विकल्प बन्ने विश्वास लिइएको छ।

