Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिशूलीको बाढीले बगायो चरौंदीको झोलुङ्गे पुल, धवादीको पुलमा पनि क्षति

त्रिशूलीको बाढीले बगायो चरौंदीको झोलुङ्गे पुल, धवादीको पुलमा पनि क्षति

आर्थिक पत्र
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं। त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ।

    आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगेको हो।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीको तीव्र बहावले पुलको तार चुँडाएर पूर्ण रूपमा क्षति पुर्याएको छ। यसैगरी, बाढीले त्रिशूली नदीमै रहेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ।

    नदीमा बाढीको बहाव उच्च रहेकाले धवादीको झोलुङ्गे पुलसमेत बगाउने जोखिममा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार