Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक माग, कति चाहिन्छ योग्यता?

उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक माग, कति चाहिन्छ योग्यता?

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक माग गरेको छ। मन्त्रालयद्वारा महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।

    समितिले खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आगामी २१ दिनभित्र दरखास्त माग गरेको हो।

    यसका लागि ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरी व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा ५ वर्ष काम गरेको र अन्य प्रचलित कानूनले अयोग्य नभएको हुनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार