Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नाडामा यामाहा XSR155 काे ४२८ वटा बुकिङ

नाडामा यामाहा XSR155 काे ४२८ वटा बुकिङ

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । नेपालमा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले यामाहा XSR155 लाई १८औँ नाडा अटो शो–गोल्डेन जुबिली संस्करण २०२६ मा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    XSR155 ले नाडा अटो शोमा दर्शक तथा मोटरसाइकलप्रेमीबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। पाँच दिनसम्म चलेको नाडा अटो शो अवधिमा XSR155 का ४२८ वटा बुकिङ भएका छन्।

    यामाहाले नाडा अटो शो २०२६ मा ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ। नवीन अवधारणा, आकर्षक प्रस्तुति तथा आगन्तुकलाई प्रदान गरिएको उत्कृष्ट अनुभवका आधारमा यामाहाको स्टललाई उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

    यामाहाको स्टलमा XSR155 को विशिष्ट रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट, आकर्षक डिजाइन र सडकमा छुट्टै पहिचान बनाउने उपस्थितिले आगन्तुकको ध्यान तानेको थियो। हजारौँ मोटरसाइकलप्रेमीले मेलाको क्रममा XSR155 लाई नजिकबाट हेर्ने तथा प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।

    मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले यामाहाले राइडरहरूसँग कायम राख्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरे। उनले यामाहाको विश्वव्यापी ‘फास्टर सन्स’ दर्शनबारे पनि जानकारी गराए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार