Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हिमालयन लाइफ बगर शाखाको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

हिमालयन लाइफ बगर शाखाको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

आर्थिक पत्र
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको बगर शाखाको आयोजनामा एक दिवसीय जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

    पोखरा–८, न्युरोडस्थित होटल रोयल प्यालेसको सभाहलमा आयोजित तालिममा बगर शाखाबाट प्रतिनिधित्व गर्ने ७० जनाभन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। करिब पाँच घण्टा सञ्चालन भएको कार्यक्रममा अभिकर्ताहरूलाई बीमा व्यवसाय विस्तार, ग्राहक सेवा तथा बिक्री प्रवद्र्धनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो।

    कार्यक्रमको अध्यक्षता तथा सहजीकरण बगर शाखाका शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेनाले गरेका थिए। कार्यक्रममा हिमालयन लाइफका गण्डकी प्रदेश प्रमुख गणेश धमलाको प्रमुख आतिथ्यता रहेको थियो।

    तालिममा कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजरहरू एमडीआरटी वीरेन्द्रबहादुर थापा क्षेत्री, सिनियर एजेन्सी म्यानेजर सुरेन्द्र मोहन अधिकारी, गणेश कुमार श्रेष्ठ र लक्ष्मण भट्टराईले आफ्ना अनुभव तथा मन्तव्य प्रस्तुत गरेका थिए।

    त्यस्तै शाखा प्रबन्धक श्याम प्रसाद तिमिल्सेना, चिफ एजेन्सी म्यानेजर तथा नेपाल टप ह्याट्रिक एमडीआरटी कृष्णबहादुर भट्टराई र गण्डकी प्रदेश प्रमुख गणेश धमलाले प्रशिक्षण दिएका थिए।

    कार्यक्रममा कम्पनीले सञ्चालनमा ल्याएका मासिक तथा वार्षिक विभिन्न स्किम, व्यवसाय विस्तारका सम्भावना, ग्राहक सेवा, बिक्री प्रवद्र्धन तथा आगामी दिनमा व्यवसाय विस्तारका लागि अपनाउनुपर्ने रणनीति र कार्ययोजनाबारे छलफल तथा प्रशिक्षण दिइएको थियो।

    तालिमले अभिकर्ताहरूलाई पछिल्लो समयका व्यवसायिक रणनीति तथा कार्यशैलीबारे जानकारी दिनुका साथै उनीहरूमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा कम्पनीले गरेको छ। साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा बीमा व्यवसाय विस्तार गर्न कार्यक्रम उपयोगी भएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार