Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाढी प्रभावित रसुवाका बासिन्दालाई दराज नेपालद्वारा राहत सहयोग

बाढी प्रभावित रसुवाका बासिन्दालाई दराज नेपालद्वारा राहत सहयोग

आर्थिक पत्र
सोमवार, भाद्र २२ २०८३
  • काठमाडाैं। नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले रसुवा र आसपासका बाढी प्रभावित समुदायलाई लक्षित गरी आपत्कालीन राहत सामग्री वितरण गरेको छ।

    पहिलो चरणको यस राहत कार्यक्रम अन्तर्गत दराजले प्रभावित क्षेत्रका करिब ६०० परिवारलाई खाद्यान्न, त्रिपाल तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको छ। संस्थाले स्थानीय निकाय तथा साझेदार संस्थाहरूसँगको समन्वयमा राहत वितरण कार्य सम्पन्न गरेको जनाएको छ।

    अविरल वर्षा र बाढीका कारण विस्थापित भएका नागरिकको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न यो पहल गरिएको हो। बाढीको अवस्था र प्रभावित क्षेत्रको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि थप सहयोग र पुनरोत्थानका कार्यक्रम सञ्चालन गर्न तयार रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार