Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपिआइएद्वारा ३१ लाख सहयोग

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपिआइएद्वारा ३१ लाख सहयोग

आर्थिक पत्र
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपिआइए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    images

    एमपिआइएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल र सञ्चालक समिति सदस्यहरूले आफ्ना सदस्य संस्थाहरूबाट सङ्कलित उक्त रकम भदौ २४ गते अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो।

    सो सहयोग रकम विपद्का कारण ठूलो क्षति व्यहोरेका नागरिकको उद्धार र राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी प्रदान गरिएको छ।

    रकम हस्तान्तरण गर्दै अध्यक्ष मल्होत्राले प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो। साथै, उहाँले सहयोग जुटाउन योगदान पुर्याउने सबै सदस्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार