काठमाडौं । ग्रेट वाल मोटर्स (GWM) का दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (TADA) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।
TADA २०२६ मा ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ। त्यस्तै, ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको छ।
ओरा ५ ले आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखिएको आधुनिक इन्टेरियर डिजाइनका लागि अवार्ड प्राप्त गरेको हो। यसको केबिनमा आधुनिक डिजाइनसँगै प्रविधिमैत्री ककपिट, कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
त्यस्तै, ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषतासँगै उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङ समेटिएको छ। यसले प्रविधिगत नवप्रवर्तन र अफ–रोड क्षमताका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको कम्पनीको भनाइ छ।
यी दुई अवार्डले GWM को उत्पादन पोर्टफोलियोमा विद्युतीय सवारीको आधुनिक डिजाइनदेखि प्रिमियम एसयूभीको प्रविधि र अफ–रोड क्षमतासम्मको विविधता देखाएको कम्पनीले जनाएको छ।
नेपालमा GWM को आधिकारिक आयात कर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि रहेको छ। कम्पनीले नेपाली बजारमा विद्युतीय सवारी तथा प्रिमियम एसयूभी सेग्मेन्टमा GWM का विभिन्न मोडल विस्तार गर्दै आएको छ।


