Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट

आर्थिक पत्र
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

    images

    कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यो प्याकेजमा १ जीबीपीएस इन्टरनेट, १ टेराबाइट डाटा र सार्वजनिक आईपी सेवामा ४० प्रतिशतसम्म छुट पाउनेछन्।

    प्याकेजअन्तर्गत ग्राहकले वाईफाई ६ राउटर निःशुल्क पाउने कम्पनीले जनाएको छ। त्यस्तै, इन्टरनेट जडानका लागि सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि निःशुल्क उपलब्ध गराइनेछ।

    नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई उच्च गतिको, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकले जनाएको छ।

    कम्पनीका अनुसार एसएमई प्रो म्याक्स प्याकेजबारे थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा कर्पोरेट@क्लासिकटेक डटकम डट एनपीमा इमेल गर्न सकिनेछ। कम्पनीले प्याकेजमा तोकिएका सर्तहरू लागू हुने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार