काठमाडौँ। बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी हायर स्मार्ट होमले दसैंलाई लक्षित गर्दै ‘हायरसँग खुसीको पल, सजाऔं हरेक घर’ योजना सार्वजनिक गरेको छ।
नेपालका लागि हायरको आधिकारिक वितरक नियोटेरिक नेपालले सञ्चालनमा ल्याएको योजनाअन्तर्गत हायर ब्रान्डका रेफ्रिजेरेटर, वासिङ मेसिन, चेस्ट फ्रिज र एसी खरिद गर्ने ग्राहकले विभिन्न उपहार तथा अन्य सुविधा पाउने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत १९० लिटर वा सोभन्दा माथिका सिंगल डोर रेफ्रिजेरेटर खरिद गर्दा १ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा ड्राई आइरन निःशुल्क दिइनेछ।
डबल डोर रेफ्रिजेरेटरका सबै मोडल खरिद गर्ने ग्राहकले ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने महाराजा मिक्सर ग्राइन्डर ‘स्योर सट गिफ्ट’का रूपमा पाउने कम्पनीले जनाएको छ। त्यस्तै, साइड बाई साइड रेफ्रिजेरेटरका सबै मोडलमा १६ हजार ९९० रुपैयाँ मूल्य पर्ने महाराजा फुड प्रोसेसर निःशुल्क उपलब्ध गराइनेछ।
वासिङ मेसिनतर्फ फुल्ली अटोमेटिक फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ग्राहकले इन्फ्रारेड कुकटप उपहार पाउने कम्पनीले जनाएको छ।
हायरका इन्भर्टर एसीका सबै मोडल खरिद गर्दा ३ हजार रुपैयाँ मूल्य बराबरको निःशुल्क जडान सुविधा उपलब्ध गराइनेछ।
कम्पनीका अनुसार ग्राहकले यो योजनाअन्तर्गत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधाबाट समेत हायरका विभिन्न उपकरण खरिद गर्न सक्नेछन्। किस्ताबन्दी सुविधाले ग्राहकलाई उपकरण खरिद गर्दा एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने भार कम गर्ने कम्पनीको भनाइ छ।
दसैंको समयमा घरायसी उपकरणको माग बढ्ने भएकाले ग्राहकलाई खरिदमा थप सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको नियोटेरिक नेपालले जनाएको छ।


