Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

साझा यातायातमा डिजिटल टिकटिङ, इन्भेष्टमेण्ट मेगा बैंक बन्यो पेमेन्ट पार्टनर

साझा यातायातमा डिजिटल टिकटिङ, इन्भेष्टमेण्ट मेगा बैंक बन्यो पेमेन्ट पार्टनर

आर्थिक पत्र
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात ९सहकारी संस्था लिले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप व्यवस्थित बनाउने पहल अघि बढाएको छ ।

    images

    यसै अभियानअन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको पेमेन्ट पार्टनर बैंकका रूपमा सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत यात्रुहरूले डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था विकास गर्न बैंकले सहजीकरण गर्नेछ ।

    यस ट्रान्जिट टिकटिङ प्रणालीअन्तर्गत अब साझा बसका यात्रुहरूको टिकट जारी गर्न बैंकको पीओएस मेसिनहरू प्रयोग गरिनेछ, जसले कार्ड तथा डिजिटल माध्यमबाट सहज, सुरक्षित र सुविधाजनक भुक्तानी गर्न सकिनेछ ।

    साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत आधुनिक कमान्ड र कन्ट्रोल सेन्टर तथा अन्य प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको जनाएको छ । डिजिटल टिकटिङ प्रणालीमार्फत नगदरहित यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ, जसमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेट्ने व्यवस्था गरिएको छ ।

    बैंकका निम्ति सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार तथा सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने यो सहकार्य महत्त्वपूर्ण पहल हो । बैंकले आफ्नो डिजिटल भुक्तानीसम्बन्धी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुहरूलाई थप सहज भुक्तानी अनुभव प्रदान गर्न सहकार्य गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार