विराटनगर । ऊर्जा केवल गति दिने शक्ति होइन, नयाँ सोचलाई अवसरमा र अवसरलाई उद्यममा बदल्ने प्रेरणा पनि हो। यही भावनालाई आत्मसात गर्दै एक्स्ट्रिम एनर्जी ड्रिंक “विराट एक्स्पो २०२६” को मुख्य प्रायोजक बनेको छ।
विराटनगरमा आयोजना हुने विराट एक्स्पोको नवौँ संस्करणका लागि परिषद्/आयोजक र एक्स्ट्रिम एनर्जी ड्रिंक बीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।
आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो करिब तीन दशकदेखि मोरङ उद्योग व्यापार संघले आयोजना गर्दै आएको नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीमध्ये एक हो।


