Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

नेपाल टेलिकमद्वारा ५ प्रदेशका ११ जिल्लामा १३ नयाँ २जी-४जी टावर सञ्चालन

नेपाल टेलिकमद्वारा ५ प्रदेशका ११ जिल्लामा १३ नयाँ २जी-४जी टावर सञ्चालन

आर्थिक पत्र
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडाैं। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले २०८३ सालको भाद्र महिनामा देशका विभिन्न १३ स्थानमा नयाँ २जी तथा ४जी मोबाइल साइट (टावर) सञ्चालनमा ल्याएको छ।

    images

    दूरसञ्चार सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ५ वटा प्रदेशका ११ जिल्ला समेटिने गरी यी टावरहरू सञ्चालनमा ल्याइएको हो।

    टेलिकमका अनुसार बागमती प्रदेशको ललितपुरस्थित वडा नं. ३ कार्यालय र च्याउँ डाँडा तथा चितवनको मोहनपुरमा नयाँ टावर सञ्चालनमा आएका छन्। त्यसैगरी गण्डकी प्रदेशको नवलपुरस्थित पोखरी डाँडा र लमजुङको मध्यमर्स्याङ्दीमा सेवा विस्तार गरिएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सी माइन क्षेत्रमा पनि नयाँ साइट स्थापना गरी सेवा सुचारु गरिएको छ।

    कर्णाली प्रदेशका जुम्लास्थित कनकासुन्दरी र सुर्खेतको जुम्ला रोडमा नयाँ टावर सञ्चालनमा आएका छन् भने सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठाचौपातामा पनि नयाँ २जी तथा ४जी सेवा विस्तार गरिएको छ।

    यी नयाँ मोबाइल साइटहरू सञ्चालनमा आएसँगै सम्बन्धित ग्रामीण तथा सहरी क्षेत्रका ग्राहकहरूले नेपाल टेलिकमको भोइस तथा हाई-स्पिड डेटा सेवा थप सहज र प्रभावकारी रूपमा उपभोग गर्न पाउने भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार