काठमाडौं। नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेड ले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याउने भएको छ। नयाँ डिलरमार्फत घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान ग्राहकसम्म अझ सहज रूपमा पुर्याउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्राधान हार्डवेयर ग्यालरीको औपचारिक उद्घाटन असोज ५ गते सोमबार बिहान ११:३० बजे हुनेछ। उद्घाटन समारोहमा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा कम्पनी तथा ग्यालरीका प्रतिनिधि, निर्माण तथा इन्टेरियर क्षेत्रका व्यवसायी र स्थानीय ग्राहकको उपस्थिति रहने जनाइएको छ।
ग्राहकको आवश्यकता र बदलिँदो डिजाइन प्रवृत्तिलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको ग्यालरीमा कजारियाका वाल र फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध हुनेछन्। ग्राहकले एउटै स्थानबाट विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ र साइजका टायल अवलोकन गरी आफ्नो आवश्यकता र परियोजनाअनुसार छनोट गर्न सक्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार नयाँ डिलरमार्फत घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट, इन्टेरियर डिजाइनरलगायत निर्माण क्षेत्रसँग सम्बन्धित ग्राहकले कजारियाका उत्पादन सहज रूपमा प्राप्त गर्नेछन्। यसलाई नेपालका प्रमुख तथा उदीयमान बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरका टायल समाधान ग्राहकसम्म पुर्याउने रणनीतिक कदमका रूपमा कम्पनीले लिएको जनाएको छ।
कजारिया रमेश टायल्सका प्रतिनिधिले प्राधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्दै यस सहकार्यले कम्पनीको रिटेल पहुँच विस्तार हुनुका साथै ग्राहकसम्म गुणस्तरीय र आधुनिक डिजाइनयुक्त टायल सहज रूपमा उपलब्ध गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।a
उद्घाटन समारोहकै अवसरमा प्राधान हार्डवेयर ग्यालरीलाई कजारियाको आधिकारिक डिलरको प्रमाणपत्र पनि प्रदान गरिनेछ। नयाँ डिलर उद्घाटनपछि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जहाँ कजारियाका विविध प्रिमियम टायल कलेक्सन ग्राहकका लागि उपलब्ध रहनेछन्।


