Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

एलजीको दशैं-तिहार अफर: घरायसी सामान खरिदमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार

एलजीको दशैं-तिहार अफर: घरायसी सामान खरिदमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं। महान् पर्व दशैँ तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले ‘LG को उपहार, मनाऔँ दशैँ र तिहार’ अफर सार्वजनिक गरेको छ। नेपालका लागि एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले आफ्ना घरायसी उपकरणहरूको खरिदमा २५ प्रतिशतसम्म नगद छुट र विभिन्न ग्याजेट तथा उपहारको व्यवस्था गरेको जनाएको छ।

    images

    कम्पनीका अनुसार ३२ इन्चबाहेकका टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुट उपलब्ध गराइएको छ।

    यस्तै, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी, टप लोडमा ४ केजी र ट्विन टबमा २ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क पाइनेछ। साइड-बाई-साइड रेफ्रिजरेटर खरिद गर्दा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार राखिएको छ।

    यसैगरी, डिशवासर खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनर (AC) खरिद गर्दा निःशुल्क जडान सुविधा उपलब्ध हुनेछ। निश्चित उत्पादनहरूमा ‘नो-कस्ट ईएमआई’ (बिना ब्याज किस्ताबन्दी) सुविधा पनि दिइएको छ।

    देशभर रहेका एलजी ब्रान्डसप तथा आधिकारिक बिक्री केन्द्रहरूमार्फत यो अफर लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार