Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

हिमालय अर्गनाइजेसनसँग गाडि किन्दा गोर्खाज फाइनान्सिङले ८० प्रतिशत फाइनान्स गर्दिने

हिमालय अर्गनाइजेसनसँग गाडि किन्दा गोर्खाज फाइनान्सिङले ८० प्रतिशत फाइनान्स गर्दिने

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । हिमालय अर्गनाइजेसन प्रालिसँग गाडि खरिद गर्दा गोर्खाज फाइनान्स कम्पनीले ८० प्रतिशतसम्म फाइनान्सिङ गरिदिने भएको छ । यस विषयमा हिमालयन अर्गानाइजेसन र फाइनान्स कम्पनीबीच सम्झौता भएको छ ।

    images

    सम्झौता अनुसार देशभरिका ग्राहकहरूले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारी साधनहरूको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झट रहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

    उक्त समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार ग्राहक तथा यातायात व्यवसायीहरूले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्ष सम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सम्पूर्ण आवश्यक कागजात पेस भएको ३ देखि ५ कार्यदिन भित्र कर्जा स्वीकृति हुने द्रुत व्यवस्था मिलाइएको छ । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका सम्पूर्ण शाखा सञ्जाल मार्फत तुरुन्तै लागू हुनेछ । 

    हिमालय अर्गनाइजेसनको बारेमा 

    पोखरामा कर्पोरेट कार्यालय र काठमाडौँको गैह्रीधारामा प्रमूख कार्यालय रहेको हिमालय अर्गनाइजेसन नेपालको एक अग्रणी व्यावसायिक घराना हो, जसले बजारमा भरपर्दो, नवप्रवर्तनकारी र लागत-प्रभावी मोबिलिटी समाधानहरू भित्र्याउदै आएको छ ।

    देशव्यापी सेल्स, सर्भिस, स्पेयर पाट्र्स तथा चार्जिङ पूर्वाधार मार्फत संस्थाले विद्युतीय सवारी साधन, आधुनिक सार्वजनिक यातायात र हेभी–ड्युटी ढुवानी क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार