Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

फेरी बढ्यो अण्डाको मूल्य

फेरी बढ्यो अण्डाको मूल्य

आर्थिक पत्र
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ।

    images

    संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ। ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ। यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५ र ठूलो अन्डाको ५९० रुपैयाँ थियो।

    संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ। यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ। उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार