Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म ‘यामाहा ब्लु फेस्टः नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’ आयोजना गरेको छ ।

    images

    यस मेलाको मुख्य आकर्षणका रूपमा असोज ७ गते यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। हालै सम्पन्न नाडा अटो शोमा यस मोटरसाइकलको सफल डेब्युपछि, एक्सएसआर परिवारमा अझ धेरै राइडरहरूलाई स्वागत गर्नका लागि यो नयाँ ब्लु संस्करणलाई रु. ५,३४,९०० बाट सुरु हुने गरी थप सुलभ विकल्पका रूपमा प्रस्तुत गरिएको हो ।

    नाडा अटो शोमा ६ दिनमै ४२८ युनिट बुकिङ हासिल गरेर बलियो बजार पकड बनाएको एक्सएसआर १५५ प्रति चाडपर्वको समयमा पनि ग्राहकहरूको आकर्षण निरन्तर बढिरहेको छ । ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ को दर्शनमा आधारित यस मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स, आफ्नै छुट्टै पहिचान र आधुनिक पर्फर्मेन्सलाई एकसाथ समेटेको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले भने ‘नाडामा एक्सएसआर १५५ को सुरुवातमा प्राप्त प्रतिक्रिया निकै उत्साहजनक रह्यो, जहाँ ६ दिनमै ४२८ युनिट बुकिङ दर्ता भयो । चाडपर्वको मौसम सुरु भएसँगै ग्राहकहरूको रुचि निरन्तर बढ्दै गएको छ र थप कलर विकल्पहरूको माग पनि निरन्तर आइरहेको छ । ग्राहकहरूको यही माग पूरा गर्न र यो मोटरसाइकललाई अझ धेरै राइडरहरूको पहुँचमा पु¥याउन हामीले नयाँ ब्लु कलर उपलब्ध गराएका छौं । आगामी दिनमा नेपालमा थप कलर विकल्पहरू ल्याउन पनि हामी उत्सुक छौं ।’

    भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने भएकाले, यामाहाले सम्पूर्ण राइडर तथा ग्राहकहरूलाई मेलामा उपस्थित भई भर्खरै सार्वजनिक गरिएको नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन र टेस्ट राइड गर्न आमन्त्रण गरेको छ। साथै, अवलोकनकर्ताहरूले मेलाका बाँकी दिनहरूमा ५० भन्दा बढी भ्यालुएटरहरूबाट उत्कृष्ट मूल्याङ्कन प्राप्त गरी कुनै पनि ब्रान्डको पुरानो दुईपाङ्ग्रे सवारी साटेर नयाँ यामाहा लिन सक्नेछन् र विशेष चाडपर्व एक्सचेन्ज अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

    एमएडब्लु राइड्स प्रालि नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हो, जसले देशभर विश्वस्तरीय मोबिलिटी, प्राविधिक नवीनता र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार