Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

आर्थिक पत्र
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    images

    बैंकका संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले उक्त शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले आफ्ना अन्य संस्थापक शेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिंदै बिक्रीमा राखेको हो ।

    अतः बैंकका कुनै पनि संस्थापक शेयरधनीलाई उक्त ६० हजार कित्ता शेयर खरिद गर्न इच्छा भएमा आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन दिन बैंकले आग्रह गरेको छ।

    तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा वा शेयर बिक्री हुन नसकेमा बैंकले प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार