Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

एनपिएल सिजन ३ मा एक्सट्रिम इनर्जीको साझेदारी: टियू मैदानबाहिर ७ टोलीका लागि ७ गेट

एनपिएल सिजन ३ मा एक्सट्रिम इनर्जीको साझेदारी: टियू मैदानबाहिर ७ टोलीका लागि ७ गेट

आर्थिक पत्र
आइतवार, आश्विन ११ २०८३
  • नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरू हुनुअघि नै एक्सट्रिम इनर्जी ड्रिङ्कले प्रतियोगिताको माहोललाई उत्सवमय बनाउन विशेष सक्रियता सुरू गरेको छ।

    images

    एनपिएल सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रिमले प्रतियोगिताको प्रारम्भिक चरणमै व्यापक ब्रान्ड अभियान अघि बढाएको हो।

    एनपिएलका खेलहरू आयोजना हुने टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर रहेका ७ वटा प्रवेशद्वारलाई ७ प्रायोजित टोलीसँग समर्पित गर्दै एक्सट्रिमले विशेष गेट अभियान सञ्चालन गरेको छ।

    प्रत्येक गेटलाई सम्बन्धित टोलीको पहिचान र एक्सट्रिमको ब्रान्डिबसँग जोडेर तयार गरिएको छ।

    प्रतियोगिता सुरू हुनुअघि नै यस किसिमको अभियान सुरू गर्ने पहिलो ब्रान्ड एक्सट्रिम रहेको कम्पनीको दाबी छ।

    यस मार्फत क्रिकेटप्रेमी तथा समर्थकहरूले मैदान प्रवेश गर्नुअघि नै एनपिएलका ७ टोलीको उपस्थिति र उत्साह अनुभव गर्न सक्नेछन्।

    टोलीका समर्थकलाई उनीहरूका मनपर्ने टोलीसँग जोड्ने र एनपिएलको वातावरणलाई अझ उत्सवमय बनाउने उद्देश्यले यी गेटहरू तयार गरिएको एक्सट्रिमले जनाएको छ।

    एक्सट्रिम इनर्जी ड्रिङ्कले एनपिएलको तेस्रो संस्करणमा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सम्झौता गरेको छ।

    जसमा काठमाडौं गोर्खाज, विराटनगर किब्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स रहेका छन्।

    नेपाली क्रिकेटप्रतिको बढ्दो जनचासो र समर्थकको उत्साहलाई ध्यानमा राख्दै एक्सट्रिमले विभिन्न क्षेत्रमा पोल ब्यानर, गेट ब्रान्डिब, होर्डिब तथा टेलिभिजन विज्ञापनमार्फत विशेष प्रचार अभियान सञ्चालन गरिरहेको छ।

    यसमार्फत एनपिएल सुरू हुनुअघि नै प्रतियोगिताको चर्चा र उत्साहलाई जनस्तरसम्म पुऱ्याउने प्रयास गरिएको छ।

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ, जसमा सहभागी टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

    एक्सट्रिम इनर्जी ड्रिङ्कले एनपिएलको माहोललाई अझ व्यापक बनाउन मात्र नभई नेपाली खेलकुदसँग ब्रान्डलाई जोड्ने विभिन्न सिर्जनात्मक तथा प्रवर्द्धनात्मक गतिविधिलाई पनि निरन्तरता दिने जनाएको छ।

    नेपाली खेलकुदसँगको यस्तो सहकार्यले खेलाडी, समर्थक र ब्रान्डबीचको सम्बन्धलाई थप विस्तार गर्ने तथा व्यवसायहरूलाई खेलकुदमार्फत उपभोक्तासँग सिर्जनात्मक रूपमा जोडिने अवसर प्रदान गर्ने एक्सट्रिमले विश्वास लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार