Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

होण्डाले ल्यायो चाडपर्व लक्षित योजना, नयाँ बाइक/स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका

होण्डाले ल्यायो चाडपर्व लक्षित योजना, नयाँ बाइक/स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका

आर्थिक पत्र
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आफ्ना ग्राहकहरुका लागि 'यो दशैं, आशाको सुरुवात' नामक योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकहरुले होण्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

    images

    यस योजनाको सबैभन्दा विशेष र महत्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ। कम्पनीले 'होण्डा छ साथ साथ' अफर मार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १/१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरुले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन्। यस अन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होण्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ। यसरी यस अफरले ग्राहकहरुलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान् अवसर समेत प्रदान गरेको छ।

    यसका साथै, ग्राहकहरुको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छा अनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्। यस अन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ, वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौता मध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन्।

    नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रुपले थप सहज र पहुँच योग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरको रुपमा रहेको स्याकार हायर पर्चेज प्रालि मार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार