Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी

चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी

आर्थिक पत्र
सोमवार, आश्विन १२ २०८३
  • ताप्लेजुङ। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि ठप्प रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि पुनः नियमित हवाई उडान सुरु भएको छ।

    images

    वर्षायाममा बाक्लो हुस्सु र कुहिरोले गर्दा भिजिबिलिटी कम भएपछि गत जेठ २२ गतेदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं उडान पूर्ण रूपमा अवरुद्ध भएको थियो।

    सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार मौसममा सुधार आएसँगै उडान सहज बनेको हो।

    नेपाल वायुसेवा निगम ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार सोमबार काठमाडौँबाट १३ जना यात्रु ताप्लेजुङ आइपुगेका छन् भने ताप्लेजुङबाट ५ जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन्।

    चाडपर्व नजिकिँदै गर्दा हवाई सेवा पुनः सञ्चालन भएपछि घर फर्कने यात्रु, बिरामी तथा सर्वसाधारणलाई ठूलो राहत मिलेको छ। साथै ताप्लेजुङमा पर्यटकीय सिजन समेत सुरु भएकाले उडान नियमित हुँदा स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू समेत हर्षित भएका छन्।

    निगमले अबदेखि साताको सोमबार, बिहीबार र शनिबार गरी तीन दिन उडान तालिका सार्वजनिक गरेको छ। भाडादर ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार ७० रुपैयाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार २७० रुपैयाँ कायम गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार