काठमाडाैँ। नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। असोज ९ गते शोरुम उद्घाटन भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले भने,'युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।'
कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ।
धनगढी उपमहानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि. बाट अब नाडामा हालसालै लन्च भएको नेपालकै पहिलो १७५ सिसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्न सकिनेछ।


