Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

रेनोको नयाँ ‘ब्रिजर’ एसयूभी आउँदै, ३० किमि प्रतिलिटर माइलेज दिने दाबी, मूल्य ९ लाख रुपैयाँबाट सुरु हुने अनुमान

रेनोको नयाँ ‘ब्रिजर’ एसयूभी आउँदै, ३० किमि प्रतिलिटर माइलेज दिने दाबी, मूल्य ९ लाख रुपैयाँबाट सुरु हुने अनुमान

आर्थिक पत्र
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौं। फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले भारतीय बजारका लागि नयाँ सब–कम्प्याक्ट एसयूभी ‘रेनो ब्रिजर’ ल्याउने तयारी गरेको छ। कम्पनीले सन् २०२७ को अन्त्य वा २०२८ को सुरुआतमा यो एसयूभी सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ।

    images

    भारतीय बजारमा माइलेजलाई प्राथमिकता दिने ग्राहकलाई लक्षित गर्दै ल्याइने यो एसयूभीले प्रतिलिटर ३० किलोमिटरसम्म माइलेज दिन सक्ने दाबी गरिएको छ। यो दाबी व्यवहारमा पुष्टि भएमा रेनो ब्रिजरले टाटा नेक्सनजस्ता लोकप्रिय सब–कम्प्याक्ट एसयूभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। 

    रेनो ब्रिजरको सबैभन्दा आकर्षक पक्ष यसको नयाँ १.२ लिटर पेट्रोल–हाइब्रिड इन्जिन हुने बताइएको छ। यो इन्जिन मिलर साइकल प्रविधिमा आधारित रहेको छ, जसले इन्धनको अधिकतम बचत गर्ने उद्देश्यले काम गर्छ।

    रेनोले यही इन्जिनको सफल परीक्षण यसअघि भियनामा आयोजित मोटर सिम्पोजियममा डासिया डस्टरमा गरेको थियो। परीक्षणका क्रममा उक्त गाडीले करिब ३० किलोमिटर प्रतिलिटर माइलेज हासिल गरेको थियो। ब्रिजरको तौल डस्टरभन्दा कम हुने भएकाले भारतीय सडकमा यसले अझ राम्रो माइलेज दिन सक्ने अपेक्षा गरिएको छ।

    कम्पनीले ब्रिजरमा अर्को विकल्पका रूपमा १.० लिटर टर्बो पेट्रोल इन्जिन पनि उपलब्ध गराउन सक्ने बताइएको छ। साथै, यो आफ्नो सेग्मेन्टमै पहिलो पटक अल–ह्विल ड्राइभ प्रविधिसहित आउने सब–कम्प्याक्ट एसयूभी बन्न सक्ने दाबी गरिएको छ, जसले अफ–रोडिङ र एडभेन्चर ड्राइभिङ मन पराउने ग्राहकलाई आकर्षित गर्न सक्छ।

    रेनोले ब्रिजरलाई आधुनिक प्रविधि र प्रिमियम सुविधासहित बजारमा उतार्ने तयारी गरेको छ। यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल ड्राइभर इन्स्ट्रुमेन्ट क्लस्टर, पावर्ड ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामेरा र प्यानोरामिक सनरुफजस्ता सुविधा रहने अपेक्षा गरिएको छ।

    सुरक्षाका लागि लेभल–२ एडास प्रविधिसहितका आधुनिक सुरक्षा प्रणाली पनि उपलब्ध हुने अनुमान गरिएको छ।  कम्पनीले हालसम्म यसको आधिकारिक घोषणा भने गरेको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार