Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा

आर्थिक पत्र
बुधवार, आश्विन १४ २०८३
  • क्यानबेरा। अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो।

    images

    अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ।

    अर्थशास्त्रीहरूले अगस्टमा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए भने अन्तर्निहित मुद्रास्फीति दर ३.६ प्रतिशतकै आसपास रहने अपेक्षा गरेका थिए।

    तथ्यांक विभागका अनुसार अगस्टसम्मको एक वर्षमा आवाससम्बन्धी मूल्य ५.७ प्रतिशत बढेको छ, जुन वार्षिक मुद्रास्फीतिको सबैभन्दा ठूलो कारण बनेको छ। त्यस्तै, इन्धनको मूल्य बढेका कारण यातायातसम्बन्धी मूल्य ५.६ प्रतिशत बढेको छ।

    यो तथ्यांक अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नगद ब्याजदर ४.३५ प्रतिशतबाट बढाएर ४.६० प्रतिशत पुर्‍याएको भोलिपल्ट सार्वजनिक भएको हो। यो दर नोभेम्बर २०११ यताकै उच्च हो।

    केन्द्रीय बैंकले ब्याजदर वृद्धिको कारणका रूपमा कृत्रिम बौद्धिकताको तीव्र विस्तार र मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न मुद्रास्फीतिजन्य दबाबलाई उल्लेख गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार