Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    images

    समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रुपैयाँ र सानो (टनेल) गोलभेडा ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ५० रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

    यस्तै बन्दा (लोकल) ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) १०० रुपैयाँ  र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी १०० रुपैयाँ रहेको छ ।

    त्यसैगरी टाटे सिमी ९० रुपैयाँ, भटमासकोसा १२० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    रायोको साग १५० रुपैयाँ, पालुङ्गो साग १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ रहेको छ ।

    यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १५० रुपैयाँ, स्याउ (जुम्ला) २५० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार