काठमाडौं। प्रसिद्ध इनर्जी ड्रिंक म्याक्स टाइगरले यो वर्षको विजयादशमीलाई लक्षित गर्दै ‘दशैँ धमाका २०८३’ उपहार योजना सार्वजनिक गरेको छ।
चाडपर्वको माहौलमा थप उत्साह र रोमाञ्च भर्न कम्पनीले म्याक्स टाइगर क्यान खरिदमा विभिन्न आकर्षक उपहारहरूको घोषणा गरेको हो।
यस योजना अन्तर्गत ग्राहकहरूले म्याक्स टाइगरको क्यान खोलेर भाग्यशाली विजेता बन्ने अवसर पाउनेछन्।
बम्पर उपहारका रूपमा १ वटा प्रोटोन कार राखिएको छ भने १८ वटा यामाहा FZ-FI बाइक र १८ वटा यामाहा RayZR स्कुटर जित्ने मौकासमेत समावेश गरिएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई आजै म्याक्स टाइगरको क्यान खरिद गरी यो दशैँमा आकर्षक सवारी साधन जित्ने भाग्यशाली विजेता बन्न आह्वान गरेको छ।


