Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता

अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता

आर्थिक पत्र
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन, डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत गरे ।

    images

    भ्रमणका क्रममा माननीय मन्त्री वाग्लेले नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने उद्देश्यका साथ सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ द ट्रेजरी) र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने छन् ।

    भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, FATF Grey List बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विविध विषयमा छलफल हुनेछ।

    छलफल र भेटवार्ताका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।

    साथै सडक, विद्युत् प्रसारण लाइन लगायतका महत्त्वपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले International Development Finance Corporation (DFC) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार