Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

सारथी स्कुटरको नयाँ शोरुम लैनचौरमा

सारथी स्कुटरको नयाँ शोरुम लैनचौरमा

आर्थिक पत्र
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं । विद्युतीय दुईपांग्रे सवारी सारथी स्कुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले असोज १६ गते शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको हो ।

    images

    ग्राहकलाई विद्युतीय स्कुटरको खरिद, टेस्ट राइड तथा बिक्रीपछिको सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । लैनचौरको नयाँ शोरुम सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा सारथी स्कुटरकाे शोरुम संख्या  ७ पुगेकाे छ।

    सारथी स्कुटरले काठमाडौं उपत्यका बाहिरका शहरहरूमा समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । उपत्यका बाहिर प्रमुख शहर तथा बजारका १३ स्थानमा गरी सारथी स्कुटरका हालसम्म अधिराज्यभरी २० स्थानमा शोरुम सञ्चालनमा रहेका छन्, जसले कम्पनीको देशव्यापी बिक्री तथा ग्राहक सेवा सञ्जाललाई थप मजबुत बनाएको छ ।

    कम्पनीसँग अहिले लाइसेन्स नचाहिने ३५० वाट क्षमताको मोटर भएको स्कुटर देखि अधिकतम् ४०० किलोमिटरसम्म रेन्ज भएको विद्युतीय स्कुटर उपलब्ध छ ।

    सारथी स्कुटरले विद्युतीय सवारीसाधनको बिक्रीसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सहज उपलब्धतालाई आफ्नो प्राथमिकतामा राख्दै आएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकलाई सवारीसाधन खरिदपछि पनि भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न स्थानमा सेवा तथा बिक्री नेटवर्क विस्तार गरिएको कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले बताए ।

    सारथी स्कुटरले नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज, भरपर्दो र दीर्घकालीन विकल्पका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा पनि आफ्नो उत्पादन, शोरुम तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तारलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार