Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

बेनेलीको दसैं अफर : एक्सचेन्जमा ४० हजारसम्म बोनस, सहज फाइनान्सिङ

बेनेलीको दसैं अफर : एक्सचेन्जमा ४० हजारसम्म बोनस, सहज फाइनान्सिङ

आर्थिक पत्र
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । बेनेली नेपालले दसैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदमा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधा दिने योजना ल्याएको हो।

    images

    अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार रुपैयाँसम्मको बोनस पाउनेछन्। पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दसैंको अवसरमा थप मूल्य लाभ दिने कम्पनीले जनाएको छ।

    ग्राहकको खरिद प्रक्रिया सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

    दसैं अफरअन्तर्गत बेनेली पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार अफर सीमित अवधिका लागि लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार