Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

भक्तपुरमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा

भक्तपुरमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा

आर्थिक पत्र
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा।लि।ले भक्तपुरको घलाते चोकमा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

    images

    ग्राहकको बढ्दो माग र सहज सेवालाई ध्यानमा राख्दै कम्पनीले देशभर शोरुम विस्तार गर्ने क्रममा भक्तपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ। शोरुमबाट ग्राहकले कम्पनीका अन्य आधिकारिक शोरुमसरह बिक्री तथा सेवा सुविधा प्राप्त गर्नेछन्।

    नयाँ शोरुममा कम्पनीले हालै सार्वजनिक गरेको नेपालकै पहिलो १७५ सीसीको अप्रिलिया एसआर १७५ उपलब्ध छ। साथै, लाइल्याक र गोल्डेन ओरो रंगमा सार्वजनिक गरिएका नयाँ भेस्पासहित भेस्पा तथा अप्रिलियाका सम्पूर्ण मोडल बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ।

    शोरुम उद्घाटनसँगै ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘भेस्पा र अप्रिलियासँग दसैंको दक्षिणा’ योजना पनि सञ्चालनमा ल्याएको छ। योजनाअन्तर्गत प्रत्येक खरिदमा स्क्र्याचमार्फत १ लाख रुपैयाँसम्म नगद तथा पक्का उपहारका रूपमा अनर एक्स फाइभ प्ले स्मार्टवाच उपलब्ध गराइनेछ।

    त्यस्तै, सवारीसाधन एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्म क्यासब्याक तथा नागरिकताको आधारमा शून्य प्रतिशत सर्भिस चार्जमा फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    डेल्टा अटोकर्पका डाइरेक्टर तथा सीईओ विजय महतोले भक्तपुरमा भेस्पा र अप्रिलियाको इटालियन डिजाइन, उत्कृष्टता र पर्फर्मेन्सको अनुभव उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।

    उनले कला, संस्कृति र हस्तकलाको समृद्ध विरासत बोकेको भक्तपुर यी दुई ब्रान्डका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै नयाँ शोरुममार्फत स्थानीय ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने लक्ष्य रहेको बताए।

    कम्पनीका डाइरेक्टर केतन भिमसारियाले पनि भक्तपुरको समृद्ध सम्पदा र संस्कृतिसँग भेस्पा तथा अप्रिलियाको इटालियन पहिचानलाई जोड्न पाउँदा खुसी लागेको बताए।

    नयाँ शोरुमबाट भक्तपुरसँगै आसपासका क्षेत्रका ग्राहकलाई भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद तथा सम्बन्धित सेवा सहज रूपमा उपलब्ध हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार