काठमाडौं । नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्सले धरानमा नयाँ TVS NTORQ 150 स्कुटर सार्वजनिक गरेको छ। गायक बिपुल क्षेत्रीको कन्सर्टबीच स्कुटर सार्वजनिक गरिएको हो।
TVS NTORQ 150 को अनावरण बिपुल क्षेत्री, पारस अटोमोबाइल–TVS इटहरीका म्यानेजिङ डाइरेक्टर पौरख लुइँटेल र जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए।
नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरिएको NTORQ 150 मा १४९.७ सीसी एयर–कुल्ड O3CTech इन्जिन रहेको छ। उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा हासिल गर्ने तथा अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।
स्टिल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा MULTIPOINT projector headlamps, aerodynamic winglets, jet-inspired vents, coloured alloy wheels, naked motorcycle-style handlebar र टी–आकारको टेल ल्याम्प रहेको छ।
NTORQ 150 मा TVS SmartXonnect प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्। यसमा टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा म्यासेज नोटिफिकेसन र विभिन्न राइड मोडलगायतका सुविधा छन्।
सुरक्षा तथा आरामका लागि स्कुटरमा सिंगल च्यानल ABS, ट्र्याक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प र फलो–मी हेडल्याम्प उपलब्ध छन्। त्यस्तै, टेलिस्कोपिक सस्पेन्सन, एडजस्टेबल ब्रेक लिभर, पेटेन्टेड E-Z सेन्टर स्ट्यान्ड र २२ लिटरको अन्डर–सिट स्टोरेज पनि रहेको छ।
जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले NTORQ 150 मार्फत कम्पनीले NTORQ को प्रदर्शन, प्रविधि र डिजाइनको विरासतलाई थप शक्तिशाली रूपमा अघि बढाएको बताइन्। धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच सार्वजनिक गर्न पाउँदा संगीत, युवा संस्कृति र हाइपर पर्फर्मेन्सलाई एउटै मञ्चमा जोड्न सफल भएको उनको भनाइ छ।
Stealth Silver, Racing Red र Turbo Blue गरी तीन रंगमा उपलब्ध NTORQ 150 को प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ। स्कुटर नेपालभर जगदम्बा मोटर्सका डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।


