Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले थाइल्याण्ड जाँदै

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले थाइल्याण्ड जाँदै

आर्थिक पत्र
मंगलवार, आश्विन २७ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्ने भएका छन् ।

    images

    उनी मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमान मार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

    विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले १६ वटा भन्दा धेरै द्विपक्षीय र बहुपक्षीय
    बैठकमा र छलफलमा सहभागीता हुनेछन्। बैठकमा सहभागी हुन अर्थसचिव डा।घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल,अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि त्यसतर्फ जानेछन् ।

    अर्थमन्त्री डा.वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार