काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम पनि अस्वीकृत भएको छ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो। मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र विभिन्न व्यक्तिसँगको लेनदेनसम्बन्धी गम्भीर आरोप उठेका थिए।
संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले उनीमाथि प्रश्न उठाएपछि उनको सुनुवाइ रोकिएको थियो।
खरेलमाथि झापाका स्थानीयसँग अनुदान उपलब्ध गराइदिने भन्दै पैसा लिएको र राजदूतमा सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको आरोप छ।


