Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट

सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट

आर्थिक पत्र
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्। कम्पनीले यस योजनामार्फत ग्राहकलाई ५० प्रतिशतसम्म विशेष छुट उपलब्ध गराउने जनाएको छ।

    images

    नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत ग्राहकले यो सुविधा प्राप्त गर्न सक्नेछन्। योजनालाई थप आकर्षक बनाउन कम्पनीले क्यासब्याक र निःशुल्क सर्भिसिङको व्यवस्था पनि गरेको छ।

    योजनाअन्तर्गत प्रत्येक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्मको क्यासब्याक जित्ने अवसर पाउनेछन्। यसका साथै ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकजाँच तथा सर्भिसिङ सुविधा पनि प्राप्त गर्नेछन्।

    योजनामा सहभागी हुन ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरबाट ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि सिप्रदी स्टार एप मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेसँगै ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार